Kathmandu Press

बाघको आक्रमणबाट एक महिलाको मृत्यु 

गाउँ नजिकैको चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएको बेला डाँगीलाई बाघले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले बताए।  
बाघको आक्रमणबाट एक महिलाको मृत्यु 

काठमाडौं, कात्तिक १७ : बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मधुवन नगरपालिका –५ शक्तीपुर बस्ने २८ बर्षीया सृजना डाँगी बाख्रा चराउन गएको बेला बाघको आक्रमणमा परेकी हुन्। 

गाउँ नजिकैको चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएको बेला डाँगीलाई बाघले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले बताए।  

Hardik ivf

मृतक डाँगीको शव घटना स्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। घटना बारे जानकारी पाएपछि प्रहरी घटना स्थल पुगेको थियो। शव पोष्टमार्टमका लागि बर्दिया अस्पताल लगिएको छ। 

गत वर्ष चिरौटे सामुदायिक वनमा नै दाउरा काट्न गएको बेला बाघको आक्रमणमा परी दुई महिलाको मृत्यु भएको थियो। यस सामुदायिक वन बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरीनियाघाट वन्यजन्तु आरक्षको विचमा रहेको खाता जैविक मार्ग अन्र्तगत पर्दछ। 
 

प्रकाशित मिति: १७:३८ बजे, शुक्रबार, कात्तिक १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्