Kathmandu Press

कात्तिक २० गतेका लागि बोलाइयाे कोशी प्रदेशसभा बैठक

गत कार्तिक १ गते अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक २० गते सोमबार बस्ने भएको हो। प्रदेश सभा सचिवालयले सुचना टाँस गर्दै बैठकबारे जानकारी गराएको हो।
कात्तिक २० गतेका लागि बोलाइयाे कोशी प्रदेशसभा बैठक

 विराटनगर, कात्तिक १७ : कोशी प्रदेशसभाको बैठक आगामी कार्तिक २० गतेका लागि बोलाइएको छ।

गत कार्तिक १ गते अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक २० गते सोमबार बस्ने भएको हो। प्रदेश सभा सचिवालयले सुचना टाँस गर्दै बैठकबारे जानकारी गराएको हो।

प्रदेशसभाको बैठकको कार्यसूचीको भने विषय उल्लेख गरिएको छैन। कोशीमा स्थिर सरकार नभएका कारण प्रदेशसभामा पनि त्यसको असर परेको थियो।

प्रकाशित मिति: १७:२७ बजे, शुक्रबार, कात्तिक १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्