Kathmandu Press

कर फिर्ताकाे माग गर्दै नेविसंघद्वारा सरकारविरुद्ध प्रदर्शन

काठमाडौं, फागुन १८ : नेपाल विद्याथी संघले किताब र पेट्रोलियम पदर्थमा लगाइएको कर फिर्ता लिन माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ । आइतबार काठमा....

कर फिर्ताकाे माग गर्दै नेविसंघद्वारा सरकारविरुद्ध प्रदर्शन

काठमाडौं, फागुन १८ : नेपाल विद्याथी संघले किताब र पेट्रोलियम पदर्थमा लगाइएको कर फिर्ता लिन माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ । आइतबार काठमाडौंको आरआर क्याम्पस, ल क्याम्पस र विश्व भाषा क्याम्पसको संयुक्त आयोजनामा प्रदर्शन भएको हो। 

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न र बालुवाटार र निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अडियो प्रकरण छनबिनको माग राखेर प्रदर्शन गरेको आरआर क्याम्पस इकाईले जनाएको छ।

प्रदर्शनका क्रममा सरकारविरुद्ध नाराबाजी गर्दै नेविसंघका नेता/कार्यकर्ताले प्रधानमन्त्रीको राजीनामासमेत माग गरेका छन् । सरकारले किताब र पेट्रोलियम पदर्थमा लगाएको कर फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने नेबिसंघ आर आर क्याम्पसका विद्यार्थी संजित थापाले बताए।

प्रकाशित मिति: ११:३४ बजे, आइतबार, फागुन १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्