Kathmandu Press

सप्तकोशीमा मोटर बोट दुर्घटना हुँदा १० जना घाइते

सप्तकोशीमा मोटर बोट दुर्घटना हुँदा १० जना घाइते
Hardik ivf

विराटनगर, कात्तिक १७ : सप्तकोशी नदीमा मोटर बोट दुर्घटना हुँदा १० जना घाइते भएका छन्। सुनसरीको चतरा पुलमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्धार परीक्षण कार्यक्रमका क्रममा प्रयोग गरिएको मोटर बोट दुर्घटना भएको हो।

सशस्त्र प्रहरी बलले परीक्षण गर्ने क्रममा कार्यक्रममा सहभागी सञ्चारकर्मी र आगन्तुकहरु दुर्घटनामा परेका हुन्। दुर्घटनामा सञ्चारकर्मीहरु शम्भु पोखरेल, महाप्रसाद खतिवडा, कुमुद अधिकारीलगायत घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी कोशी नदीमा डुबेका उनीहरूको सशस्त्र प्रहरी बलको गोताखोर टोलीले उद्धार गरेको थियो। दुर्घटनामा परी घाइते भएकाहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार गरिएको छ।
 

प्रकाशित मिति: १७:१५ बजे, शुक्रबार, कात्तिक १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्