Kathmandu Press

अर्थमन्त्री महत र बेलायतकी परराष्ट्र राज्यमन्त्री आनमेरीबीच भेट

नेपाल र बेलायतवीचको द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा दूइ मन्त्रीले छलफल गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
अर्थमन्त्री महत र बेलायतकी परराष्ट्र राज्यमन्त्री आनमेरीबीच भेट

काठमाडौं, कात्तिक १५ : अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच मंगलबार लण्डनस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ।

 नेपाल र बेलायतवीचको द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा दूइ मन्त्रीले छलफल गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

Hardik ivf

आनमेरीसँगको भेटका क्रमर्मा मन्त्री महतले विशेषगरी बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि वेलायतको परराष्ट्र मन्त्रालयको सहयोगको आवश्यकता रहेको औंल्याउँदै त्यसका लागि आग्रह गरेका छन्।

कोभिड महामारीले गर्दा नेपालको वित्तीय स्रोतसाधनमा आएको कमी, सामाजिक सुरक्षामा गरिएको लगानी, आन्तरिक र बाह्य ऋण बढेसँगै लगानीयोग्य पुँजीमा आएको कमी रहेको बताउँदै उनले बेलायतले हरित उर्जाको क्षेत्रमा गर्दै आएको लगानी वृद्धि हुने अपेक्षा गरेको सचिवालयले जनाएको छ । साथै,  नेपालको सूचना प्रविधि, शिक्षा र पर्यटन क्षेत्रमा बेलायतलाई लगानी गर्न समेत आग्रह गरेका छन्।

मन्त्री महतले जलवायु परिवर्तनका कारण नेपालमा परेको असर न्यूनीकरण गर्न बेलायतको साथ आवश्यक रहेको र भूतपूर्व गोर्खाहरुको सम्बोधन गर्न बाँकी मागहरुको सम्बोधनका लागि परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानको ध्यानाकर्षण गराएका थिए।

परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानले बेलायत नेपालको विकास साझेदार रहँदै आएको र भविष्यमा पनि सहयोगमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । उनले  बेलायतबाट नेपालमा प्राथमिकताका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने विषयमा आफ्नो सरकार सकारात्मक रहेको उल्लेख गरेकी छन्।

 

प्रकाशित मिति: १३:३४ बजे, बुधबार, कात्तिक १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्