पार्टी अनुशासन विपरित बोल्नेलाई कारबाही हुन्छ : देउवा
विरगंज, फागुन ८ : कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासन कायम गर्न आवस्यक भएको बताएका छन् ।
बुधबार वीरगञ्जमा पर्सा जिल्....
विरगंज, फागुन ८ : कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासन कायम गर्न आवस्यक भएको बताएका छन् ।
बुधबार वीरगञ्जमा पर्सा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टी कुनै पनि परिवारको बपौती नभएको बताउँदै नेता तथा कार्यकर्ताले अनुशासनभित्र रहेर पार्टीलाई चलायमान बनाउनु पर्ने बताएका हुन् ।
देउवाले कांग्रेसमा धेरै नेता तथा कार्यकर्ताहरुको लगानी र त्याग रहेको बताउदै कसैले पनि नेताहरुलाई अनावस्यक लान्छाना लगाउन नहुने पनि बताए । उनले केही दिनअघि विरगंजमै एक कार्यक्रममा कोइराला परिवारका सुजता, शशांक र शेखर कोइराला आफुहरु मध्य एक सभापतिमा लड्ने घोषणा गरेकोमा कुनै थर विषेश नभई योगदानका आधारमा नेतृत्व चयन हुने बताए ।
‘हामीले आन्दोलनमा टाउको फुटाउँदा उहिले कोइराला परिवार भन्नेहरु कहाँ थिए ?’ देउवाले प्रश्न गरे, ‘केही दिन अरुले पार्टी चलाउँदा कोइराला परिवारले जभाभावी बोल्न थाल्ने ? पार्टी कोइराला परिवारको बपौती हो ?’
देउवाले जथाभावी बोल्दै हिड्नु पनि अनुशासनको उल्लंघन भएको भन्दै त्यस्तालाई पार्टी विधान अनुसार कारबाही हुने पनि बताए ।






