लगातार तेस्रो दिन पनि घट्यो सुनको मुल्य
नेपाल सुनचाँदी महासंघका अनुसार छापावाल सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम छ।
काठमाडौं, कात्तिक १५ : नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि ओरालो लागेको छ।
नेपाल सुनचाँदी महासंघका अनुसार छापावाल सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम छ।
हिजो प्रतितोला छापावाल सुन १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: ११:५३ बजे, बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












