५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
आइतबार सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको थियो।
काठमाडौं, कात्तिक १३ : नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय लगातार उकालो लागिरहेकोे सुनको मूल्य आज सोमबार पाँच सय रुपैयाँले घटेर प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कायम भएको हो। आइतबार सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको थियो।
यसैगरी आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:०३ बजे, सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











