Kathmandu Press

किन पर्दैछ विश्वभर मानवअधिकारको अवस्था खतरामा?

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मानवअधिकार विरूद्ध आक्रमण बढ्दै गएकोमा सबैको ध्यानाकर्षण गरेका छन्। अल्पसंख्यकको उत्पीडन र महिला हत्याको अवस्था चिन्त....

किन पर्दैछ विश्वभर मानवअधिकारको अवस्था खतरामा?

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मानवअधिकार विरूद्ध आक्रमण बढ्दै गएकोमा सबैको ध्यानाकर्षण गरेका छन्। अल्पसंख्यकको उत्पीडन र महिला हत्याको अवस्था चिन्ताजनक भएको उनले बताए।

जेनेभामा संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद्को मुख्य वार्षिक सत्र उद्घाटन गर्दै गुटेरेसले भने,“मानवअधिकार आक्रमणमा परेको छ। मानिसहरू असहाय छन्र। डर बढ्दो छ।” धेरै देशमा विभाजन र राजनीतिक ध्रुवीकरण बढ्दै गएको उनले औंल्याए।

Hardik ivf

“एउटा विकृत राजनीतिक अंकगणितले कब्जा जमाएको छस् भोट गुणन गर्न जनतालाई विभाजन गर्ने,” उनले भने। विधिको शासन खत्तम हुँदै गएको उनले बताए। युद्धले तहसनहस बनाएको क्षेत्रमा नागरिकहरू भोकभोकै  र बमबारूदबीच बाँच्नुपरेको पनि उनले बताए। यो अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हुनुका साथै मानव बेचबिखन बढ्दै गएको र विश्वको सबै क्षेत्रमा उनीहरूको जोखिमपूर्ण अवस्था र दुखको फाइदा उठाइएको गुटेरेसले भने।

महिला र बालिकालाई दास बनाइएको र उनीहरूको शोषण भइरहेको उनले बताए। अभियन्ताहरू जेलमा कोचिएको, धार्मिक र जातिय अल्पसंख्यक समूह उत्पीडनमा पारिएको समेत गुटेरेसले बताए। संयुक्त राष्ट्र संघका अधिकार प्रमुख मिसेल ब्यासलेटले मानवअधिकारको सुरक्षा तत्त्कालको आवश्यकता भएको बताइन्। “विभाजनकारी र बढ्दो मानवअधिकार संकटको अनियन्त्रित डढेलोमा युवा र उनीहरूको सन्तानलाई नधकेलौं,” उनले बताइन्।

महिला र बालिका विरूद्ध हुने हिंसा रोक्ने, द्वन्द्वमा जेलिएकाहरूको सुरक्षा बढाउने र जलवायु संकट र नयाँ प्रविधीले सिर्जना गरेका चुनौतीलाई स्वीकार्ने लगायतका सात क्षेत्रमा तत्त्काल काम गर्न गुटेरेसले आव्हान गरेका छन्।

“महिला अधिकार पछाडी धकेलिएको, महिला हिंसा चिन्ताजनक रूपमा बढेको, महिला अधिकारकर्मी विरूद्ध आक्रमण तथा दमन र बहिष्करण बढाउने कानून र नीति अझै बाँकी भएको हामी देख्न सक्छौं,” गुटेरेसले भने।

लैङ्गिक समानताको काम आन्तरिक रूपमा सुरू हुने उनले बताए। संयुक्त राष्ट्र संघको वरिष्ठ पदमा लैङ्गिक समानता हासिल भएको र सन् २०२८ सम्म संयुक्त राष्ट्र संघको सम्पूर्ण प्रणालीभरि लैङ्गिक समानता हासिल हुनेमा उनले जोड दिए।

अमेरिका, साउदी अरब र चिनजस्ता शक्तिशाली राष्ट्रमा भइरहेका मानवअधिकार हननबारे नबोलेको भन्दै गुटेरेसको आलोचना हुने गरेको छ।

प्रकाशित मिति: ०६:३१ बजे, शनिबार, फागुन १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्