Kathmandu Press

अमेरिकी सरकारद्वारा विराटनगरमा महिला तथा बालबालिका शेल्टर हस्तान्तरण

विराटनगर, फागुन ८ : नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकारसँगको साझेदारीमा विराटनगरमा नवनिर्मित महिला तथा बालबालिका शेल्टर भवन सरकारलाई हस्तान्तरण ग....

अमेरिकी सरकारद्वारा विराटनगरमा महिला तथा बालबालिका शेल्टर हस्तान्तरण
अमेरिकन दुतावास

विराटनगर, फागुन ८ : नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकारसँगको साझेदारीमा विराटनगरमा नवनिर्मित महिला तथा बालबालिका शेल्टर भवन सरकारलाई हस्तान्तरण गरेको छ। 

७ लाख अमेरिकी डलरको सहयोगमा नेपालीहरूद्वारा निर्मित उक्त भवनले हिंसाबाट प्रभावित महिला तथा बालबालिकाहरूलाई अस्थायी आवासको सुविधा प्रदान गर्नेछ।

विभिन्न ऐतिहासिक, आर्थिक तथा सामाजिक परिस्थितिका कारण कतिपय महिला तथा बालबालिका हिंसा तथा शोषणको जोखिममा पर्ने गर्दछन्। तसर्थ, उनीहरूलाई यस्तो अवस्थाबाट बाहिर निस्कनका लागि सुरक्षित स्थलको आवश्यकता पर्दछ। यस उद्देश्यका निम्ति नेपाल सरकारले जग्गा प्रदान गरी अमेरिकी दूतावास र नेपाली निर्माण व्यवसायीको सहकार्यमा शेल्टर निर्माण गरिएको हो। 

उक्त भवनमा एक भान्साकोठा, १५ कोठा, ३० शय्या, भोजनकक्ष, तीन कक्षाकोठा लगायतको सुविधा रहेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कर्मचारीको व्यवस्था गर्नेछ र उहाँहरूले शेल्टरका आश्रितहरूलाई सहायता गर्नुहुनेछ।

“नेपालको सबैभन्दा ठूलो दौत्य दातृराष्ट्र बन्न पाएकोमा अमेरिकालाई गौरव लागेको छ,” अमेरिकी दूतावासका प्रवक्ता एण्डी डि आरमेन्टले भनिन्, “महिला तथा बालबालिका लगायत अति सङ्कटासन्न जनसङ्ख्याको सहयोगार्थ अमेरिकी सहायता कसरी निर्देशित छ भन्ने कुराको ठोस उदाहरण हो यो शेल्टर।”

प्रकाशित मिति: १६:५३ बजे, बुधबार, फागुन ८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्