Kathmandu Press

चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको निधन

सञ्चारमाध्यमहरुका अनुसार उनलाई बिहीबार मध्यरातमा हृदयघात भएको थियो।
चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको निधन

काठमाडौं, कात्तिक १० : चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। उनको हृदयाघातका कारण निधन भएको हो।

सञ्चारमाध्यमहरुका अनुसार उनलाई बिहीबार मध्यरातमा हृदयघात भएको थियो।

६८ वर्षीय ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए। उनी कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा नेता हुन्।

प्रकाशित मिति: ०७:११ बजे, शुक्रबार, कात्तिक १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्