Kathmandu Press

चेक बाउन्स मुद्दामा खुश्वु ओलीलाई दुई वर्ष जेल सजायको फैसला 

काठमाडौं, फागुन १६ : चेक बाउन्स मुद्दामा काठमाडौं जिल्ला अदालतले खुश्वु ओलीलाई दुई वर्ष जेल सजायको फैसला सुनाएको छ। 

शुक्रबार जिल्....

चेक बाउन्स मुद्दामा खुश्वु ओलीलाई दुई वर्ष जेल सजायको फैसला 

काठमाडौं, फागुन १६ : चेक बाउन्स मुद्दामा काठमाडौं जिल्ला अदालतले खुश्वु ओलीलाई दुई वर्ष जेल सजायको फैसला सुनाएको छ। 

शुक्रबार जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले चेक बाउन्स मुद्दामा खुश्वुलाई दुई वर्ष कैद सजायको फैसला सुनाएको हो। खुश्वुले सप्तरी राजविराज–८ का ४३ वर्षीय गोपाल कटुवालसँग ३६ लाख रुपैयाँ सापटी लगेकी थिइन्। 

तर, खुश्वुले दिएको ३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि कटुवालले अदालतमा मुद्दा दायर गरेका थिए। सापटी लगेको पैसा फिर्ता मागेपछि कटुवाललाई खुश्वुले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिएकी थिइन्। 

प्रकाशित मिति: १६:५६ बजे, शुक्रबार, फागुन १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्