Kathmandu Press

पुस्तकमाथिकाे कर फिर्ता लिन तरुण दलको माग

काठमाडौं, फागुन १५ : कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पुस्तकमाथि लगाएको कर अमान्य भएको बताएको छ।

अध्यक्ष जितजंग बस्नेतले शुक्रबार विज....

पुस्तकमाथिकाे कर फिर्ता लिन तरुण दलको माग

काठमाडौं, फागुन १५ : कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पुस्तकमाथि लगाएको कर अमान्य भएको बताएको छ।

अध्यक्ष जितजंग बस्नेतले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारसँग पुस्तकमाथि लगाइएको कर तत्काल फिर्ता गर्न माग गरेका छन्। ‘७० करोडको भ्रष्टाचारको प्रमाण भेटिएपनि संरक्षण गर्न लागि पर्ने राज्यको अर्बौं भ्रष्टाचारमा संलग्न रहेको नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले मानिसलाई सक्षम, सवल, बुद्धीमानी र समाजप्रति जिम्मेवार बनाउन सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्ने पुस्तकमाथि कर लगाएकोमा तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

कर फिर्ता नलिए आन्दोलन गर्ने तरुण दलले चेतावनी दिएको छ।

प्रकाशित मिति: १५:०३ बजे, शुक्रबार, फागुन १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्