सगरमाथा आरोहण रद्द गरेर फर्कियो टासीलाक्पाको टोली
काठमाडौं, फागुन १६ : अक्सिजनबिना सगरमाथा चढ्न निस्केको टासीलाक्पा शेर्पाको टोली आरोहण रद्द गरेर फर्किएको छ।
सोमबार आधारशिविरतिर गएका उनीहरु ....

काठमाडौं, फागुन १६ : अक्सिजनबिना सगरमाथा चढ्न निस्केको टासीलाक्पा शेर्पाको टोली आरोहण रद्द गरेर फर्किएको छ।
सोमबार आधारशिविरतिर गएका उनीहरु हिमपात हुन थालेपछि क्याम्प–३ नजिकबाट फर्किएको पर्यटन विभागले जनाएको छ। विभागका अनुसार, टासीलाक्पाको टोली बिहीबार फर्किएको हो।
विभागले आरोही टासीलाक्पासहित चार जनालाई गत आईतबार पाँच दिनको आरोहण अनुमति दिएको थियो। उनको समूहमा सहयोगीका रुपमा पासाङ नोर्बु शेर्पा, हलुङ दोर्जी शेर्पा र मिङतेम्बा शेर्पा रहेका थिए।
२०६२ को वसन्त याममा १९ वर्षको उमेरमा अक्सिजनबिना सगरमाथा आरोहण गरेका उनी यस पटक हिउँदे याममा पनि अक्सिजनबिना सगरमाथा आरोहण गरेर रेकर्ड राख्न योजनामा थिए।
यस अघि हिउँदे याममा सगरमाथा आरोहणको अनुमति लिएका दुई टोली पनि आधारशिविरमै रहेका छन्।











