कार्यशाला भत्किँदा तीनको मृत्यु, आठ घाइते
इजिन हारो ब्यानरको जासाक टाउनसिपमा रहेको माटाइहो कोइलाखानीमा पहिरो जाँदा ११ कामदार फँसेको ओर्डोस सहरको आपत्कालीन व्यवस्थापनले जनाएको छ।
होहोट, चीन, कात्तिक ३ : उत्तरी चीनको भित्री मंगाेलिया स्वायत्त क्षेत्रमा बिहीबार एक कारखाना भत्किँदा तीन जनाको मृत्यु हुनाका साथै आठ जना घाइते भएको स्थानीय अधिकारीहरूले शुक्रबार बताएका छन्। उनीहरूका अनुसार दुर्घटना दिउँसो ३ बजे भएको हो।
इजिन हारो ब्यानरको जासाक टाउनसिपमा रहेको माटाइहो कोइलाखानीमा पहिरो जाँदा ११ कामदार फँसेको ओर्डोस सहरको आपत्कालीन व्यवस्थापनले जनाएको छ।
फसेका सबैलाई शुक्रबार ३ः५५ मा उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको थियो। घाइतेमध्ये उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो । दुर्घटनाको अनुसन्धान भइरहेको बताइएको छ।
प्रकाशित मिति: १५:४९ बजे, शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1763799581.jpg)