Kathmandu Press

कैलालीबाट काठ नआउँदा काष्ठमण्डप पुनःनिर्माणमा समस्या

काठमाडौं, फागुन १६ : काठ नआउँदा काष्ठमण्डप पुनःनिर्माणमा समस्या भएको छ। अपुग भएको काठ ल्याउन अझै केही समय लाग्ने भएपछि समस्या भएको हो।

अन्तर....

कैलालीबाट काठ नआउँदा काष्ठमण्डप पुनःनिर्माणमा समस्या

काठमाडौं, फागुन १६ : काठ नआउँदा काष्ठमण्डप पुनःनिर्माणमा समस्या भएको छ। अपुग भएको काठ ल्याउन अझै केही समय लाग्ने भएपछि समस्या भएको हो।

अन्तरिक समस्याका कारण अहिलेसम्म ल्याउन नसकिएको र यसै महिनाको अन्तिमसम्ममा ल्याइसक्ने काष्ठमण्डप पुनःनिर्माण समितिले जनाएको छ। समितिका अध्यक्ष राजेश शाक्यलले यसअघि ल्याइएको काठले काम भइरहेको बताए।

आठ हजार क्युफिट काठ धनगढीबाट पुस १५ गतेसम्म ल्याइने भनिएतापनि अहिलेसम्म ल्याउन सकिएको छैन। छानाका लागि आठ हजार क्युफिट काठ आवश्यक पर्छ। फागुनभित्र पनि काठ ल्याउन नसके पुनःनिर्माणको काम रोकिने भएको छ।

निर्माणअन्तर्गत अहिले दोस्रो तलाको कामसँगै झ्यालढोका बुट्टा कुद्ने काम भइरहेको उनले बताए। अहिलेसम्म ५६ प्रतिशत काम सम्पन्न भएको छ। ‘अहिले मुख्य चार थाम राखी बीचमा गारो लगाउने काम सकिएको छ,’ अध्यक्ष शाक्यले भने। दैनिक ३० कामदारले नियमित काम गरिरहेका छन्।

ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमापूजा गरिएको थियो। गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवतरूपमा पुनःनिर्माण शुरु गरिएको हो।

तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ। गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन काष्ठमण्डपको मूल थाम उठाइएको थियो। प्रयोग गरिएका चार थाममध्ये तीन नयाँ प्रयोग गरिएका र एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जनाएको छ।

पुनःनिर्माणका लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई पाँच करोड ५० लाख आर्थिक सहयोग गरिसकेको छ।

पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्छ। केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ।

प्रकाशित मिति: १०:५४ बजे, शुक्रबार, फागुन १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्