Kathmandu Press

भारतको निचलौलबाट युवतीको उद्दार

काठमाडौं, फागुन ८ : भारतको उत्तरप्रदेशस्थित निचलौलबाट एक युवतीको उद्दार गरिएको छ ।

भारतीय प्रहरीको सहयोगमा नवलपरासीकी २१ वर्षीया युवतीको उद्....

भारतको निचलौलबाट युवतीको उद्दार

काठमाडौं, फागुन ८ : भारतको उत्तरप्रदेशस्थित निचलौलबाट एक युवतीको उद्दार गरिएको छ ।

भारतीय प्रहरीको सहयोगमा नवलपरासीकी २१ वर्षीया युवतीको उद्दार गरेको आफन्त नेपालले जनाएको छ । त्यहाँको एक कोठामा रहेका ६ नेपाली युवतीमध्ये एकको उद्दार गरिएको आफन्त नेपालका कार्यकारी निर्देशक इन्द्रराज भट्टराई बताए । अन्य युवतीले नेपाल फर्किन नमानेको उनको भनाइ छ ।

उनलाई महेशपुरका मनोज धोबीले निचलौल लगेका थिए । काममा लगाइ दिने भन्दै लगिएपनि ८० हजार भारतीय रुपैयाँमा बेचिएको पाइएको भट्टराईले बताए ।

घर फर्किन खोजेपनि नपठाएपछि बेचिएको थाहा पाएको उद्दार गरिएकी युवतीले बताइन् ।

उनी ६ महिनासम्म नफर्किएपछि परिवारजनले जिल्ला प्रहरी कार्यालय, नवलपरासीमा निवेदन दिएका थिए । प्रहरीले बेचविखनविरुद्ध कार्यरत संस्थालाई आग्रह गरेको थियो ।

उनलाई भारत लग्ने मनोजको खोजी भइरहेको सिमा प्रहरी चौकी महेशपुरका प्रहरी इन्र्चाज बिष्णु सापकोटाले बताए । ६ महिनाको अवधिमा नौ युवतीको सीमाबाट उद्दार गरिएको छ ।

प्रकाशित मिति: १५:३१ बजे, बुधबार, फागुन ८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्