Kathmandu Press

आङछिरिङका छोरा नवाङलाई पुर्पक्षका लागि थुनामा राख्न अनुमति

काठमाडौं, फागुन १५ : काठमाडौं जिल्ला अदालतले यती समूहका तत्कालीन अध्यक्ष आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पालाई पुर्पक्षका लागि थुनामा राख्न ....

आङछिरिङका छोरा नवाङलाई पुर्पक्षका लागि थुनामा राख्न अनुमति

काठमाडौं, फागुन १५ : काठमाडौं जिल्ला अदालतले यती समूहका तत्कालीन अध्यक्ष आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पालाई पुर्पक्षका लागि थुनामा राख्न अनुमति दिएको छ।

जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलाशले खैरो हिरोइनसहित पक्राउ परेका नवाङसहित चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए। 

आङछिरिङ शेर्पाका छोरा नवाङसहित सपना रायमाझी, राजन श्रेष्ठ र ओम गुरुङलाई थुनामा राख्न अदालतले अनुमति दिएको श्रेस्तेदार श्रेष्ठले बताए। 

उनीहरु चारै जनालाई प्रहरीले गत माघ १८ गते १०० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको थियो। 
 

प्रकाशित मिति: १८:३२ बजे, बिहीबार, फागुन १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्