Kathmandu Press

दुध उत्पादनलाई प्रोत्साहन गर्न आयात निरुत्साहित गरिएको कृषिमन्त्री भुसालको दाबी  

दुधको कारोबार गर्ने संस्थाहरुले, किसानको एक महिनाभन्दा बढिको बक्यौता राख्न नमिल्ने र स्टकमा रहेका वस्तुहरु धितो राखेर सौहुलियत ऋण उपलब्ध गराउँन सक्ने गरी मन्त्रालयले पहल गरिरहेको मन्त्री भुसालले बताए।
दुध उत्पादनलाई प्रोत्साहन गर्न आयात निरुत्साहित गरिएको कृषिमन्त्री भुसालको दाबी  


काठमाडौं, असाेज २९ : कृषि तथा पशुपंन्छि विकास मन्त्री बेदुराम भुसालले, नेपालमै उत्पादन गरेको दूध हुदाँ हुदैँ बाहिरबाट दूध ल्याउँन नदिने बताएका छन्। आज विश्व खाद्य दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले, आन्तरिक दुध उत्पादनमा प्रभाव पर्न नदिन सरकारले बाहिरबाट दुध आयात गर्न नदिने निर्णय गरेको बताए। 

त्यस्तै दुधको कारोबार गर्ने संस्थाहरुले, किसानको एक महिनाभन्दा बढिको बक्यौता राख्न नमिल्ने र स्टकमा रहेका वस्तुहरु धितो राखेर सौहुलियत ऋण उपलब्ध गराउँन सक्ने गरी मन्त्रालयले पहल गरिरहेको मन्त्री भुसालले बताए। ‘हाम्रा किसानहरुले उत्पादन गरेको दुध हुदाँहुदैँ बाहिरबाट दुध ल्याउँन पाईदैँन्, हुदैँन् भनेर व्यवहारमा नै देखाई सकेको छु। यसले हाम्रा किसानहरुले गरेको उत्पादनमा प्रभाव पर्छ भनेर ल्याउँन नदिइएको हो। अहिले पनि गरिदैँन्।’ उनले भने। उनले दुधको भुक्तानीका लागि आवश्यक व्यवस्था मिलाइएको बताए। 

‘दुधको भुक्तानीको कुरा आएको छ। त्यसको लागि २ प्रकारको निर्णय गरेका छौ। एउटा एक महिनाभन्दा बढि बाँकी नरहने गरी भुक्तानी गर्ने, यो सबै दूधको कारबाही गर्ने संस्थाहरुले किसानको एक महिनाभन्दा बढिको बाँकी राख्न मिल्दैँन् भनेर, दोस्रो भनेको उत्पादन जुन स्टकमा छ। त्यो वस्तुहरु धितो राखेर सहुलीयत ऋण उपलब्ध गराउँनका लागि हाम्रो मन्त्रालयको तर्फबाट पहल गर्ने निर्णय गरिएको छ।’  

त्यस्तै, मन्त्रालयबाट गर्ने कामहरु सबै सकेपनि समर्थनको लागि अर्थ र कानूनमा जानुपर्ने भएको भन्दै सबैबाट सहमति प्राप्त भएपछि अन्तिम रुप दिएर अर्को महिनादेखि कार्यविधिहरु कार्यान्वयनमा जाने बताए। 
 

प्रकाशित मिति: १७:२६ बजे, सोमबार, असोज २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्