Kathmandu Press

अर्थतन्त्र लयमा फर्किंदै छ : अर्थमन्त्री महत

अर्थमन्त्री महतले अहिले, अहिले पुरै विश्व नै आर्थिक मन्दीमा रहेको भन्दै नेपालको अर्थतन्त्रमा पनि समस्या देखिएको बताए। अनेकन समस्याका बाबजुद अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको  उनको दाबी छ। 
अर्थतन्त्र लयमा फर्किंदै छ : अर्थमन्त्री महत

काठमाडौं, असाेज २९ : अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किएको दाबी गरेका छन्। सोमबार काठमाडौंमा महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले अहिले, अहिले पुरै विश्व नै आर्थिक मन्दीमा रहेको भन्दै नेपालको अर्थतन्त्रमा पनि समस्या देखिएको बताए। अनेकन समस्याका बाबजुद अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको  उनको दाबी छ। 

‘अन्तर्राष्ट्रिय तहमै आर्थिक मन्दीको स्थितिमा छ। त्यो मध्येबाट नेपाल पनि अछुतो रहेको छैन। तर मलाई लाग्छ, बिस्तारै हामी अन्तर्राष्ट्रिय परिवेश नकारात्मक हुने अवस्था नआओस् भन्ने चाहन्छौँ। त्यो नभएको अवस्थामा बिस्तारै हाम्रो अर्थतन्त्रमा सुधार आउँछ। सकारात्मक कुरा देखिएका छन्।’ 

Hardik ivf

यस्तै, उनले देशमा आर्थिक मन्दी छाएको भन्दै यसलाई सुधार गर्नको लागि सबैले आफ्नो तहबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए। 
उनले भने, ‘अर्थतन्त्रको सुधार अर्थमन्त्रालयले मात्रै गरेर सम्भव हुदैँन्। जसको जहाँ जिम्मेवारी छ, राज्य संयन्त्रमा भएको संस्था, निजी क्षेत्र सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। यो भयो भने केही सुधार हुन्छ भन्ने विश्वास छ।’ त्यस्तै उनले स्रोत र साधनको अभावले सशक्तिकरणको अभियानले पूर्णता पाउन नसकेको भन्दै सरकारले आवश्यक प्रयास गरिरहेको बताए। 

उनले भने, ‘व्यवहारमा स्रोत र साधनको अभावले जति सशक्त ढङ्गबाट सशक्तिकरण गर्ने जुन अभियान छ त्यसलाई पूर्णता दिन सक्या छैन्। तर हाम्रो सम्पूर्ण प्रयास यो पछाडी परेको सशक्तिकरणको अभियानमा हामी केन्द्रीत हुने छौ। अवरोधहरु हटाएर सहज वातावरण सिर्जना गर्ने कुरामा संविधानले पनि अधिकार सुनिश्चित गरेको छ। अर्थमन्त्रीको हैसियतले तपाईहरुको यो अभियानमा कसरी सहयोग गर्न सक्छौ त्यसको लागि म सधैँ तत्पर छु।’

उनले आर्थिक पत्रकारीताको क्षेत्रमा महिलाहरुको भूमिकाको कुरामा बढाउँन संस्थाले महत्वपूर्ण भूमिका खेल्ने भन्दै  यसलाई अझ प्रभावकारी तरिकाले अगाडि बढाउँनु पर्ने बताए। 
 

प्रकाशित मिति: १५:३४ बजे, सोमबार, असोज २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्