सांसद सुवालले मागे पर्यटनमन्त्री भट्टराईको राजीनामा
काठमाडौं, फागुन १५ : नेमकिपाका सांसद प्रेम सुवालले पर्यटनमन्त्री योगेश भट्टराईको राजीनामा मागेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष सम....

काठमाडौं, फागुन १५ : नेमकिपाका सांसद प्रेम सुवालले पर्यटनमन्त्री योगेश भट्टराईको राजीनामा मागेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सुवालले भट्टराईको राजीनामा मागेका हुन्। उनले पर्यटन मन्त्रालयले राष्ट्रिय सभामा पेश गरेको नेपाल नागरिक उड्ययन प्राधिकरणसम्बन्धी विधेयकमा सामान्य भाषासमेत नहेरेर संसदको मर्यादामा चोट पुराएको भन्दै राजीनामा मागेका हुन्।
‘कतिपय विधेयकमा अप्रासंगिक विषय समेटिएको छ। भाषा र व्याकरणमा समेत ध्यान नदिएको देखिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधयेक दफा १० मा अनुसांगिक त्रुटि भएको छ। दफा १४ पनि त्रुटी भएको छ,’ उनले भने, ‘यो विधेयकले संसदको मर्यादामा चोट पुराएको छ। यस्तो अमर्यादित विधेयक पेश गर्ने पर्यटनमन्त्रीले राजीनामा दिनुपर्छ। यदी राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नु आवश्यक छ।’











