Kathmandu Press

प्रश्नपत्र मेसेज गर्ने अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं, फागुन १५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखस्थित डुङ्गेश्वर गाउँपालिका–५ मा रहेको पिपल चौतारा माध्यमिक विद्यालयका व्यवस्थापन स....

प्रश्नपत्र मेसेज गर्ने अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं, फागुन १५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखस्थित डुङ्गेश्वर गाउँपालिका–५ मा रहेको पिपल चौतारा माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र वडा सदस्य भक्तबहादुर शाहीसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरुले प्रश्नपत्रको गोपनीयता भंग गरेको भन्दै मुद्दा दायर भएको हो। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक छनोट समितिको संयोजक शाहीलाई शिक्षकको परीक्षाको प्रश्नपत्र आउट गरेको अभियोग लगइएको छ।

निमावि तहका लागि सामाजिक विषय शिक्षकको गाउँपालिकाबाट सञ्चालन गरिएको शिक्षक छनोट परीक्षा सञ्चालन हुनु अगावै परीक्षार्थीलाई ‘मेसेन्जर’मार्फत प्रश्नपत्र तथा उत्तर पुस्तिका पठाएको अभियोग पत्रमा उल्लेख छ।

गोप्य सूचनाका आधारमा अख्तियारले परीक्षामा सहभागी भइ छनोट भएका शिक्षक घनश्याम भण्डारी र बैकल्पिक उम्मेदवार दलबहादुर विकलाई ‘मेसेन्जर’मार्फत प्रश्नपत्र र उत्तर पुस्तिका पठाएको पाइएको थियो।

पुस २६ गते सञ्चालन भएको परीक्षामा वडाध्यक्ष भण्डारीको निर्देशन र सल्लाहबमोजिम सोही वडा नं. ५ का वडा सदस्यसमेत रहेका उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाहीले परीक्षा सञ्चालन हुन अगावै पश्नपत्रहरु परीक्षार्थीहरु भण्डारी र विश्वकर्माको म्यासेन्जरमा पठाएका थिए।

शाहीको मोबाइलबाट विषयविज्ञले तयार पारेको प्रश्नपत्र तथा वस्तुगत प्रश्नहरुको उत्तरपुस्तिकाको फोटो खिचेर मेसेजमा पठाएका थिए। अख्तियारले भ्रष्टाचार निवारण ऐन, ०५९ अनुसार उनीहरुलाई विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रकाशित मिति: १३:५५ बजे, बिहीबार, फागुन १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्