२९ सय रुपैयाँले बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आईतबार २९ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ कायम भएको हो।
काठमाडौं, असाेज २८ : साताको पहिलो दिन सुनको मूल्य दुई हजार नौं सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आईतबार २९ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ कायम भएको हो।
त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, चाँदी मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:३८ बजे, आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












