भारतबाट नुनतेल ल्याउँदा घुस लिएको आरोपमा अख्यितारको मुद्दा
काठमाडौं, फागुन १५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित कोटदरबार सामूदायिक वन उपभोक्ता समितिका पूर्वअध्यक्ष ....

काठमाडौं, फागुन १५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित कोटदरबार सामूदायिक वन उपभोक्ता समितिका पूर्वअध्यक्ष बलबहादुर कठायतविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
वन समितिको रकम गैरकानुनी रुपमा हिनामिना गरेको भन्दै अख्तियारले उनीविरूद्ध ७९ हजार रुपैयाँ विगो, जरिवाना तथा कैदको माग गरी विषेश अदालतमा मुद्दा दायर गरेको हो।
उनले फर्जी भरपाइ बनाएको र वन रक्षकलाई तोकिएको भन्दा बढी पारिश्रमिक दिएको भरपाइ बनाएको अभियोग छ।
त्यस्तै अख्तियारले धनुषास्थित छोटी भन्सार कार्यालय कार्यालयका नायब सुब्बा अहमद रजा अन्सारीविरूद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनले नेपाल–भारत सीमा बजारबाट घरेलु सामान (नुन, तेल, लत्ताकपडा) ल्याउन सहज गराई दिने भन्दै सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो।
उनीविरूद्ध पनि भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।











