Kathmandu Press

युक्रेनद्वारा रुसी जहाजमा आक्रमण

युक्रेनले प्रयोगात्मक सामुद्रिक ड्रोनले कृष्ण सागरमा दुई वटा रुसी जहाजमा आक्रमण गरेको युक्रेनीको सरकारी समाचार एजेन्सीले शुक्रबार जनाएको छ।
युक्रेनद्वारा रुसी जहाजमा आक्रमण

तेल अबिब, इजराइल, असोज २७ :  युक्रेनले प्रयोगात्मक समुद्री ड्रोनको सहायताले रुसी पानीजहाजमाथि आक्रमण गरेको छ।

युक्रेनले प्रयोगात्मक सामुद्रिक ड्रोनले कृष्ण सागरमा दुई वटा रुसी जहाजमा आक्रमण गरेको युक्रेनीको सरकारी समाचार एजेन्सीले शुक्रबार जनाएको छ।

सेभास्टोपोल सहर नजिकै शुक्रबार ‘सी बेबी’ नाम दिइएको ड्रोनले रुसको बुयान मिसाइल जहाजमा प्रहार गरेको रिपोर्टमा उल्लेख गरेको छ। यसैगरी डेर्जाभिन गस्ती जहाजमा बुधबार प्रहार भएको जनाएको छ।  
 
युक्रेनी नौसेनाका प्रवत्ता दिमित्रो प्लेटेन्चुकले पाभेल डर्जाभिन जहाजमा शुक्रबार दोस्रो पटक आक्रमण गरेको बताएका छन्। 

प्रकाशित मिति: १४:३१ बजे, शनिबार, असोज २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्