Kathmandu Press

आज मगर दिवस, केहि स्थानीय तहमा सार्वजनिक बिदा 

काठमाडौँ, फागुन १५ : आज मगर समुदायले मगर दिवस मनाउँदैछन् । दिवसका अवसरमा देशका केही स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । आज पाल्पामा मगर समुदायको ब....

आज मगर दिवस, केहि स्थानीय तहमा सार्वजनिक बिदा 

काठमाडौँ, फागुन १५ : आज मगर समुदायले मगर दिवस मनाउँदैछन् । दिवसका अवसरमा देशका केही स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । आज पाल्पामा मगर समुदायको बाक्लो बसोवास रहेका गाउँपालिका तथा नगरपालिकामा फागुन १५ गते सार्वजनिक बिदा हुने भएको छ ।

पाल्पा जिल्ला मगर करिब ५२ प्रतिशत मगर जनजातिको बसोवास रहेको जिल्ला हो। मगरको संस्कृतिको संरक्षण सम्वद्र्धन गर्दै उनीहरुले मनाउने पर्वका रुपमा जिल्लाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका तथा तिनाउ गाउँपालिकाले सूचना प्रकाशित गरेर बिदा गर्ने जनाएका छन्।

३८ औँ मगर दिवसलाई सफल बनाउन निस्दी गाउँपालिका–४ मित्याल झ्याल्टुङमा विशेष कार्र्यक्रम गर्ने तथा विभिन्न वडामा रहेका मगर संस्कृतिमा आधारित झाँकी प्रदर्शन गर्ने गाउँपालिकाले जनाएको छ ।

यसैगरी तनहुँको म्याग्दे गाउँपालिकाले पनि मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहनेछन्।

प्रकाशित मिति: ०८:५८ बजे, बिहीबार, फागुन १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्