निरन्तर उकालो लाग्दै सुनको मूल्य
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको छ।
काठमाडौं, असाेज २६ : साताको अन्तिम दिन सुनको मूल्य उकालो लागेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको छ।
आज छापावाल सुनको मूल्य एक लाख १० हजार एक सय र तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय ५० रुपैँया पुगेको छ।
तर,चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ। चाँदी तोलामा १३ सय ४५ रुपयाँ कायम भएको छ।
बिहीबार एक लाख ९ हजार ५ सयमा रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ६ सयले वृद्धि भएको छ।
प्रकाशित मिति: १२:४६ बजे, शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1766411815.jpg)








