Kathmandu Press

चाडपर्वमा आन्तरिक जहाजले भाडा वृद्धि गर्न नपाउने पर्यटनमन्त्री किरातीकाे भनाइ

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले भाडाबृद्धि भएको भन्ने विषयमा शुक्रबार सेवा प्रदायक संस्थाहरुसंग कुरा गर्ने भन्दै चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडाबृद्धि गर्न नपाउने बताएका हुन्।
चाडपर्वमा आन्तरिक जहाजले भाडा वृद्धि गर्न नपाउने पर्यटनमन्त्री किरातीकाे भनाइ

काठमाडाैं, असाेज २५ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडा वृद्धि गर्न नपाउने बताएका छन्।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले भाडाबृद्धि भएको भन्ने विषयमा शुक्रबार सेवा प्रदायक संस्थाहरुसंग कुरा गर्ने भन्दै चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडाबृद्धि गर्न नपाउने बताएका हुन्।

नियमकानुनभन्दा बाहिर गएर कसैले भाडा बढाउन नपाउने उहाले बताए। त्यस्तै मन्त्री किरातीले दशैभन्दा अगाडी नै थप जहाज ल्याउने कोशीस गरेपनि ल्याउन नसकिएकाले अहिलेलाई भएका जहाजबाट नै काम चलाउनुपर्ने अवस्था रहेको बताए।

प्रकाशित मिति: १६:५१ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्