Kathmandu Press

चर्को आलोचनापछि भारतमा फिर्ता लिइयो पुरूष बन्ध्याकरणको निर्देशन

भारतको मध्यप्रदेशका पुरूष स्वास्थ्यकर्मीले कम्तिमा एक जना पुरूषलाई बन्ध्याकरण गर्न मञ्जुर गराउनुपर्ने अन्यथा जागिर गुमाउनुपर्ने निर्देशन चर्को आलोचना भएपछि फिर्ता लिइए....

चर्को आलोचनापछि भारतमा फिर्ता लिइयो पुरूष बन्ध्याकरणको निर्देशन

भारतको मध्यप्रदेशका पुरूष स्वास्थ्यकर्मीले कम्तिमा एक जना पुरूषलाई बन्ध्याकरण गर्न मञ्जुर गराउनुपर्ने अन्यथा जागिर गुमाउनुपर्ने निर्देशन चर्को आलोचना भएपछि फिर्ता लिइएको छ।

फेब्रुअरी ११ मा जारी गरिएको निर्देशन अनुसार चालु आर्थिक वर्षभित्र कम्तिमा एक जनाको बन्ध्याकरण गराउनुपर्ने म्याद तोकिएको थियो। परिवार नियोजनका लागि कुनै पुरूषले भ्यासेक्टोमी गराउन नचाहेको भन्ने तथ्यले यस्तो निर्णय गरिएको थियो। भ्यासेक्टोमीले यौन दुर्बलता ल्याउने र पुरूषत्वमा प्रभाव पार्ने भ्रमका कारण गर्भनिरोधको जिम्मा महिलाकै भार बनेको छ।

मध्यप्रदेशमा कंग्रेस पार्टीको सत्ता छ। भारतीय जनता पार्टी (भाजपा) ले निर्देशनको आलोचना गरेपछि पार्टीले निर्णय फिर्ता लिनुपर्योज। “कर्मचारीको यस्तो उत्पीडन स्वीकार्य छैन। यो आपत्तिजनक छ,” भाजपाका नेता रजनिश अग्रवालले भने।

Hardik ivf

सन् १९७५ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी थिइन्। छोरा सञ्जयले बन्ध्याकरणको क्रुर अभियान सुरू गरेपछि नागरिक अधिकार हनन भएको घटनासँग दाँजेर अग्रवालले मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथको खिल्ली उडाए। गाउँहरू घेरिएका थिए। जबर्जस्ती बन्ध्याकारण गराउन पुरूषलाई बलपूर्वक गाडीमा कोचिएको थियो।

एक वर्षमै ६० लाख पुरूषको बन्ध्याकरण गरिएको थियो। दुई हजारभन्दा धेरैले ज्यान गुमाए। त्यतिबेला कमलनाथ सञ्जय गान्धीको नजिकका सहयोगी थिए।

सन् १९७५ को संकट उल्लेख भएपछि कमलनाथले स्वास्थ्यमन्त्री तुलसी सिलावतलाई निर्देशन फिर्ता लिन लगाए। “बन्ध्याकरण गर्न कसैलाई पनि बाध्य बनाइने छैन। कसैले पनि रोजगार गुमाउनुपर्ने छैन। हामी सचेतना फैलाउन मात्रै चाहन्छौं,” सिलावतले भने।

संकटको बेला भएको ज्यादतीले जनसंख्या नियन्त्रणको विषय उठाउने राजनीतिज्ञ बहादुर हुने देखिएको छ। दशकौं बित्दा पनि भारतको जनसंख्या १.३ अर्ब छ।

भारतका उपराष्ट्रपति तथा भाजपाका नेता भेनकैया नाइडुले महिनाको सुरूमा कुनै नेताले पनि देशको बढ्दो जनसंख्याबारे उल्लेख नगरेको र संसदमा विरलै प्रस्तुत हुने विषय भएको बताएका थिए। यो दुर्लभ घटना हो।

उनले भने,“जनसंख्या जथाभावी बढिरहेको छ। समस्या सिर्जना भइरहेका छन्। दिल्लीको समस्या हेर्नुहोस्   ट्राफिक, मानिसको भीड, गाडीको भीड। जति धेरै समस्या त्यति नै तनाव।”

भारतमा परिवार नियोजनले खासै महत्व पाएको छैन। यसलाई महिलाकै जिम्मेवारी मानिन्छ। समग्र आधुनिक गर्भनिरोधका उपायको ७० प्रतिशतभन्दा धेरै महिला बन्ध्याकारण हुन्छ। गएको पाँच वर्षमा मध्यप्रदेशमा मात्रै ३,३९७ जनाले भ्यासेक्टोमी गराएका छन्। बन्ध्याकरण गर्ने महिलाको संख्या ३,३४,००० छ। तर बन्ध्याकरणभन्दा भ्यासेक्टोमी नै सुरक्षित मानिन्छ।

परिवार नियोजन महिला मात्रैको जिम्मेवारी नभएर पुरूषको पनि उत्तरदायित्व भएको केन्द्र सरकारको विश्वास छ। यसका लागि पुरूषलाई जिम्मेवारी वहन गर्न प्रेरित गर्नुपर्ने सरकारको मान्यता छ।

प्रकाशित मिति: ०७:०६ बजे, बिहीबार, फागुन १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्