अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, तीनजना पक्राउ
दुर्व्यवहार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले खाँदवारी नगरपालिका–१ का २८ को बिक्रम विश्वकर्मा, २८ वर्षीय आशीष विश्वकर्मा र खाँदबारी–९ का २२ बर्षीय अनिल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो।
विराटनगर, असाेज २५ : संखुवासभा सदरमुकाम खाँदबारीस्थित जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको छ। मादक पदार्थ सेवन गरेका युवकहरुले अस्पतालका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।
दुर्व्यवहार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले खाँदवारी नगरपालिका–१ का २८ को बिक्रम विश्वकर्मा, २८ वर्षीय आशीष विश्वकर्मा र खाँदबारी–९ का २२ बर्षीय अनिल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मादक पदार्थ सेवन गरेर उनीहरुले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेका थिए। काममा खटिएका अस्पतालका स्वास्थ्यकर्मीलाई ती युवकले गालीगलौज गर्दै दुर्व्यवहार गरेको जनाइएको छ। पक्राउ परेकाहरुलाई अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।











-(86)-1764936079.jpg)
