Kathmandu Press

भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, १ जना घाइते

बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको पुष्टि भएको छ।
भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, १ जना घाइते

काठमाडौं, असोज २५ : भारतको बिहारमा रेल दुर्घटना भएको छ। बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको पुष्टि भएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार बुधबार राति भएको दुर्घटनामा रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन्।

दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो।

बिहार प्रहरीका अनुसार घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूको अस्पतालमा उपचार जारी छ।

 

प्रकाशित मिति: १०:२७ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्