Kathmandu Press

बुटवल उद्योग वाणिज्य संघमा अर्याल

सोमबार सम्पन्न निर्वाचनमा उनले ७७६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठले ६८९ मत प्राप्त गरे।
बुटवल उद्योग वाणिज्य संघमा अर्याल

रुपन्देही, असोज २३ : बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पदमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन्।

सोमबार सम्पन्न निर्वाचनमा उनले ७७६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी  दिनेशप्रसाद श्रेष्ठले ६८९ मत प्राप्त गरे।

Hardik ivf

यस्तै उद्योगतर्फको उपाध्यक्षमा सुरज भट्टराई विजयी हुँदा वरिष्ठ उपाध्यक्षमा यसअघि नै टंकप्रसाद गैरे र वाणिज्यतर्फको उपाध्यक्षमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भएका थिए।

निर्वाचन समितिका अनुसार महासचिवमा मुक्तिप्रसाद अधिकारी, कोषध्यक्षमा वसन्तप्रसाद ढकाल, सचिवमा प्रतीक पोखरेल निर्वाचित भएका छन्। यस्तै सहकोषध्यक्षमा धनकुमारी खनाल, एकमात्र पद एशोसिएट सदस्यमा बालकृष्ण पौडेल विजयी भएका छन्।

उद्योगतर्फ सदस्यमा दीपकप्रसाद चापागाईँ, कृष्णप्रसाद पाण्डे, निर्मित कसजु र सुनिता शर्मा बन्जाडे विजयी हुँदा वाणिज्यतर्फ सदस्यमा गणेशप्रसाद भट्टराई, काशीराम शर्मा, रामबहादुर भण्डारी र टीकाराम बन्जाडे विजयी भएका छन्।

खुलातर्फ सदस्यमा विष्णु घिमिरे (पन्त), विष्णुप्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, उमेश अमात्य, जमुना पौडेल र रेनु श्रेष्ठ विजयी भएका छन्।

प्रकाशित मिति: १२:१८ बजे, मंगलबार, असोज २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्