Kathmandu Press

विवाद आएपछि पुनर्निमार्णको बाँकी काम नगर्ने श्रीलंका सरकारको घोषणा

काठमाडौं, फागुन १२ : भूकम्पपछि क्षति पुगेको रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निमार्ण गरिदिने घोषणा गरेको दातृ निकायले हात झिकेको छ । मन्दिर पुनर्निमार्ण....

विवाद आएपछि पुनर्निमार्णको बाँकी काम नगर्ने श्रीलंका सरकारको घोषणा

काठमाडौं, फागुन १२ : भूकम्पपछि क्षति पुगेको रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निमार्ण गरिदिने घोषणा गरेको दातृ निकायले हात झिकेको छ । मन्दिर पुनर्निमार्णको क्रममा विवाद आएपछि पुनर्निमार्णको जिम्मा लिएको श्रीलंका सरकारले काम नगर्ने जानकारी गराएको पुरातत्व विभागले जनाएको छ।

विभागका अनुसार उक्त समयमा श्रीलंका सरकारले दुई सम्पदा पुनर्निमार्णको लागि २६ करोढ रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको थियो । जस अन्तर्गत स्वयम्भूको आनन्दगुठी बिहारको लागि २१ करोड र ललितपुर बुङमतीको रातो मछिन्द्रनाथ मन्दिरको लागि ५ करोड रुपैयाँ छुट्याएको पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरेले जानकारी दिए। 

आनन्दगुठी बिहार भने तोकिएको समयभित्रै सम्पन्न भई सरकारलाई हस्तानतरण गरिसकेको छ।

‘श्रीलंका सरकार आफैले मन्दिर पुनर्निमार्णका लागि ठेक्का सम्झौता गरेको थियो, तर विवाद उत्पन्न भएपछि बाँकी काम गर्न नसक्ने भन्दै पन्छियो, उनले भने।’

तीन वटा कम्पनीको संयुक्त लगानी रहेको प्रेरा भेगिम तुल्सी जेभीले राम्रो काम गर्न नसकेपछि तुलसी निर्माण सेवा कम्पनीले पुनर्निमार्णको जिम्मा पाएको थियो। पछिल्लो समय उक्त कम्पनीले पनि काम गर्न नसकेपछि विवाद आएको हो। 

राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणका कार्यकारी समिति सदस्य चन्द्र श्रेष्ठका अनुसार श्रीलंका सरकारले थप पुनर्निमार्ण नगर्ने भएपछि नेपाल सरकारले गर्ने तयारी गरेको छ। 

मन्दिरको हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी काम बुङमतीका मेयर, वडाअध्यक्ष तथा मन्दिरका पूजारीसँग छलफल गरेर उपभोक्ता समितिमार्फत गराउने निर्णय प्राधिकरणले गरेको छ। 

साढे ५ करोडमा निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको कम्पनीले साढे २ करोड रुपैयाँ बराबरको काम सम्पन्न गरेको छ। 

विवाद किन भयो?

श्रीलंका सरकारले नै ठेक्का दिएर पुनर्निमार्ण थालेको कम्पनीले मन्दिर निर्माणको लागि तोकिएभन्दा फरक सामाग्रीको प्रयोग गरेको भन्दै स्थाीयले विरोध गरेका थिए । मन्दिरमा अंग्रजीमा लेखिएका इट्टाको प्रयोग गरको भन्दै स्थानीयले विरोध गरेपछि श्रीलंका सरकारले ठेकेदार कम्पनीलाई सम्पदा क्षेत्रमा प्रयोग हुने निर्माण सामाग्रीको प्रयोग गर्न निर्देशन दिएको थियो। 

निमार्ण कम्पनीले निमार्णको क्रममा पटक पटक गल्ती गरेपछि श्रीलंका सरकारले  रकम दिन ढिलाई गरेको थियो। सम्झौता अनुसारको रकम नदिएको भन्दै निमार्ण कम्पनीले पुरातत्व विभागका प्राविधिक, नेपाल सरकार र श्रीलंकाका राजदुतमाथि मुद्दा हालेका थिए।

निमार्ण कम्पनीले सम्झौता अनुसार काम नगरेर उल्टो मुद्दा हलेको भन्दै श्रीलंका सरकारले बाँकी काम नगर्ने भन्दै सरकारलाई खबर गरेको पुरातत्व विभागले जनाएको छ।

सम्पदा पुनर्निमार्णको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले रातो मछिन्द्रनाथको मन्दिरबाटै गरेका थिए।

प्रकाशित मिति: १६:१४ बजे, बुधबार, फागुन १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्