Kathmandu Press

विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री डा. महत मोरक्कोतर्फ

बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विश्वव्यापी चासोका विषयहरूमा छलफल हुनेछ।
विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री डा. महत मोरक्कोतर्फ

काठमाडौं, असोज २२ : अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्को प्रस्थान गरेका छन्।

‘ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट’ भन्ने मूल नाराका साथ अक्टोबर ९ देखि १५ सम्म हुने वार्षिक बैठक हुनेछ। बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विश्वव्यापी चासोका विषयहरूमा छलफल हुनेछ।

Hardik ivf

टोलीमा अर्थ मन्त्रालयबाट अर्थमन्त्री महत, अर्थसचिव डा. कृष्णहरी पुष्कर, अन्तर्राष्ट्रिय विकास सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल, उपसचिव डा. नारायण ढकाल र अर्थमन्त्रीका निजी सचिव होम पराजुली सहभागी छन्। बैठकमा विश्वभरका १८९ देशका अर्थ तथा विकास मन्त्रीहरू, केन्द्रीय बैंकरहरू, निजी क्षेत्रका अधिकारीहरू, नागरिक समाज, सञ्चारमाध्यम र प्राज्ञिकहरूको सहभागिता रहनेछ ।

सोही बैठकका अवसरमा अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का एसिया प्यासिफिक हेर्ने उपाध्यक्ष रिकार्डो पुलितीसँग अर्थमन्त्री महतले नेपालमा निजी लगानीको सम्भाव्यता विषयमा छलफल गर्नेछन् भने युएसएआइडीसँग नेपाल र अमेरिकाबीचको विकास साझेदारीका विषयमा छलफल हुनेछ।

अर्थमन्त्री महतको कार्यसूचीमा सहुलियतपूर्ण वित्तीय व्यवस्थामा पहुँचसम्बन्धी जोखिम तत्वको विषयमा र बिल एण्ड मेण्डिला गेट्स फाउण्डेसनसँग सार्वजनिक डिजिटल पूर्वाधारका माध्यमबाट समावेशी एवं चुनौतीसँग जुध्न सक्षम आर्थिक विकासका सम्बन्धमा छलफल गर्ने पनि रहेका छन्। त्यस्तै दक्षिण कोरियाका उपप्रधानमन्त्री र नेपालको रेटिङ सम्बन्धमा स्ट्यान्डर्ड एण्ड चार्टर्ड बैंक एवम् क्रेडिट रेटिङ सम्बद्ध संस्था फ्लिच रेटिङका प्रतिनिधिसँग साइडलाइन वार्ता गर्ने कार्यक्रम पन ितय भएबो अर्थमन्त्री महतको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १३:३६ बजे, सोमबार, असोज २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्