एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, असाेज २२ : नेपाली बजारमा सुनको मूल्य आज एकै दिन एक हजार रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर १ लाख ८ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक हजार १ लाख ८ हजार एक सय रुपैयाँमा कायम भएको हो।
अघिल्लो दिन छापावाला सुनप्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा र कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेकोे छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: १२:२० बजे, सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












