इजरायलमा ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो, एकै स्थानमा भेटिए २६० शव
गत शनिबार आक्रमण सुरु भए यता अहिलेसम्म ११ सय मानिसको मृत्यु भएको पुष्टि भएको र १ लाख २३ हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।जेरुसेलम, असोज २२ : इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ११ सय नाघेको छ।
गत शनिबार आक्रमण सुरु भए यता अहिलेसम्म ११ सय मानिसको मृत्यु भएको पुष्टि भएको र १ लाख २३ हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
अहिले पनि सातदेखि आठ स्थानमा इजरायलभित्र प्रवेश गरेका बन्दुकधारीले आक्रमण गरिहेको बताइएको छ।
यसैबीच, इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको स्थानबाट एकैपटक कम्तीमा २६० जनाको शव निकालेका छन्।राज्यको दक्षिणी भागमा रहेको रेइम नजिक आयोजना गरिएको सुपरनोभा फेस्टिभलमा हमास लडाकुले गरेको आक्रमणमा कम्तिमा २६० जनाको शव भेटिएको बताएका छन्।
त्यहाँ आक्रमणपछि मानिसहरू भागाभाग गरेको भिडिओहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका छन्। इजरायली उद्धार सेवा ‘जिका’ले खोजतलास गर्दा ठूलो संख्यामा शव फेला परेको र अझै धेरै शव संकलन गर्न बाँकी रहेको जनाएको छ।
इजरायल आक्रमणमा कृषि अध्ययनका लागि गएका १० नेपाली विद्यार्थीको पनि मृत्यु भएको पुष्टी भएको छ।