Kathmandu Press

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा 

काठमाडौं, फागुन १४ : नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार महासंघको आगामि नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवा....

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा 

काठमाडौं, फागुन १४ : नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार महासंघको आगामि नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। 

काठमाडौंमा एक कार्यक्रम गरी आगामी चैतमा हुन लागेको महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने ढकालले घोषणा गरेका हुन् । उनले आफ्नो उम्मेदवारी देशमा औद्योगीक वातावरण निर्माण गर्न, विदेशी लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन र निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायीक हकहित र अधिकारका लागि सरकारसँग लविङ गर्न भएको बताए।

उनले तीन खम्बे अर्थनीतिको प्रमुख खम्बाका रुपमा रहेको निजी क्षेत्रलाई सबैभन्दा सशक्त बनाउन तिब्र आर्थिक विकास र सुशासनसहितको उत्तरदायी राज्य व्यवस्थामा सघाउन उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा रहेर पैरवी गर्ने प्रतिवद्धता जनाए। 

सरकारले लिएको करका नीति र कर प्रणालीमा देखिएको दुविधाका कारण भविष्यमा उद्योगी व्यवसायीहरु ठूलो मारमा पर्ने भन्दै उनले एउटा निकायबाट पार लागेको कर र सम्पत्तिको विषयलाई अनेक निकायबाट छानविनको विषय बनाउने रोग रहेको र त्यसको सही निदान हुनुपर्ने मान्यता आफुले राखेको बताए । सरकारले लागू गरेको भिसिटिएस र अनिवार्य प्यान नम्बरका कारण साना उद्योग तथा व्यवसायी समस्यामा परेको ढकालले उल्लेख गरे।

सम्पत्तिमा निजी क्षेत्रको हकलाई विश्वासिलो बनाउन, स्वदेशी उद्योग र व्यापारको संरक्षण गरेर वैदेशिक लगानीलाई आकर्षित गर्न, उद्योग वाणिज्य महासंघ जस्तो संस्थालाई विज्ञ समुहको रुपमा विकास गर्न आफ्नो प्रयास रहने उनले स्पष्ट पारे । महासंघको सचिवालयलाई विश्वासिलो, भरपर्दो र गतिशिल बनाउनुपर्ने र सरकारसँग नीतिगत छलफल बढाउनुपर्ने आवश्यकता उनले औंल्याए।

‘समृद्धिको आधार राज्य निजी क्षेत्र साझेदार’ मूल नारासहित उम्मेदवारी घोषणा गरेको उल्लेख गर्दै उपाध्यक्ष ढकालले राज्यले निजी क्षेत्रसँग जति धेरै सहकार्य ग¥यो त्यतिनै देशको आर्थिक विकास सम्भव रहेको बताए। निजी क्षेत्र आर्थिक विकास र रोजगारीका लागि इन्जिन जस्तै भएकाले आफुले महासंघमा रहेर निजी क्षेत्रको हक हितका लागि काम गर्ने प्रतिवद्धता उनले जनाए । उनले उद्योग स्थापनादेखि खारेजीका कार्यमा झण्झटिलो प्रकृयाका कारण लागत बढेको उल्लेख गर्दै त्यसमा आफुले सँधै काम गर्ने बताए । 

उनले भावि अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा व्यवसायीक र गतिशिल समुह बन्ने र उक्त समुहले उद्योग वाणिज्यको क्षेत्रमा सरकारसँग, नीतिगत छलफलको क्षेत्रमा सरोकारवाला र साझेदारहरुसँग समझारी गर्न एक र एक जोडेर २ नभई ११ बनाउने रिजल्ट आउनेगरी काम गर्ने प्रतिवद्धतासमेत जनाए।

प्रकाशित मिति: १५:०० बजे, बुधबार, फागुन १४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्