आदिकवि भानुभक्त क्याम्पसमा बिज्ञान मेला-२०८० सम्पन्न
कार्यक्रममा प्रमुख अतिथी राजेन्द्रकृष्ण श्रेष्ठले विज्ञान मेला-२०८० ले ऋषिङ्गको प्रविधिको विकास तर्फ मार्गदर्शन गर्दै आम विद्यार्थिका भावनाहरुलाई साक्षात्कार गर्ने अवसर प्रदान गरेको बताए ।काठमाडौं, असोज २२ : ११ औं राष्ट्रिय बिज्ञान दिवस-२०८० को सन्दर्भमा ऋषिङ्ग गाउँपालिकाको सहयोगमा तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले बिज्ञान मेला २०८० सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथी राजेन्द्रकृष्ण श्रेष्ठले विज्ञान मेला-२०८० ले ऋषिङ्गको प्रविधिको विकास तर्फ मार्गदर्शन गर्दै आम विद्यार्थिका भावनाहरुलाई साक्षात्कार गर्ने अवसर प्रदान गरेको बताए ।
उनले गाउँपालिकाको अगुवाई तथा आफ्नै बजेटबाट भौतिक र सामाजिक बिकाससँगै प्रविधिको क्षेत्रमा संसारले मारेको फड्कोलाई आत्मसात गर्दै ऋषिङ्गलाई बिज्ञान तथा प्रबिधिको क्षेत्रमा पनि एक अभियान थाल्ने बताए ।
उनले ऋषिङ्गका आकांक्षाहरुलाई यो कार्यक्रम एक सुचकको रुपमा रहने र यसका सुचकहरुलाई गाउँपालिकाले सर्बाङ्गिण बिकासका लागि आधार बनाएर समग्र ऋषिङ्ग विकासका निमित्त कार्यक्रमहरु लागू गर्ने बताए ।
कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले यो मेलाले क्याम्पसका विद्यार्थिहरुका लागि प्रविधी विकासको आधारभुत सिकाईका कार्यमन्च निर्माण गर्ने र ऋषिङ्गमा प्रविधिको बिकाससँगै यसका प्रचारमा क्याम्पस सहयोगी बन्ने धारणा व्यक्त गरे ।
मेलामा बिज्ञान सामाग्री प्रदर्शनी तर्फ शिव सरस्वती मा.वि. बत्तृत्वकला तर्फ सरस्वती आधारभुत र चित्रकला तर्फ दिपक मा.बि. ले सर्बोत्कृष्टता प्राप्त गरेका छन् ।