Kathmandu Press

चाडपर्वलक्षित सुपथ मूल्य पसल देशभर सञ्चालनमा

चाडपर्वलक्षित सुपथ मूल्य पसल देशभर सञ्चालनमा

काठमाडौँ, असोज २१ : सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको छ।

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको हो। सुपथ मूल्य पसलको खाद्य व्यवस्था तथा व्यापार कम्पनी काठमाडौंमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले शुभारम्भ गरे।

Hardik ivf

आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको मन्त्री रिजालले बताए। उहाले बजारमा व्यवसायीक क्रियाकलापलाई स्वच्छ पारदर्शी एवं प्रतिष्पर्धी बनाउदै गुणस्तरीय बस्तु तथा सेवामा उपभोक्ताको पहुँच पुराई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको धारणा राखे।

सरकारले अहिले संयुक्त बजार अनुगमनको कार्ययोजना तयार गरी निरन्तर बजार अनुगमन गरिरहेको उनले बताए। उहाले अनुगमनका क्रममा उपभोक्ताको अधिकार र हित विपरीतको कार्य गर्नेलाई सरकारले निर्मम भएर कारवाही गर्ने प्रतिवद्धता जनाए।

चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ। काठमाडौँ उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरणको व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ।

उपत्यका बाहिर झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, मुस्ताङ लगाएतका स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ। बिक्री कक्षबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो, तेल लगाएतका खाद्य सामाग्रीहरुमा छुट पाउने व्यवस्था समेत गरिएको छ।

 

प्रकाशित मिति: १५:५८ बजे, आइतबार, असोज २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्