Kathmandu Press

राज्यमन्त्रीको सल्लाहकारले गरे किशोरी बलात्कार

काठमाडौं, फागुन १४ : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामला सल्लाहकार अमृतकुमार घलेलाई किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरे....

राज्यमन्त्रीको सल्लाहकारले गरे किशोरी बलात्कार

काठमाडौं, फागुन १४ : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामला सल्लाहकार अमृतकुमार घलेलाई किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। 

बनेपादेखि काठमाडौं जाने बस कुरेर बसेकी १२ कक्षामा अध्ययनरत किशोरीलाई घलेले पुर्‍याइदिन्छु भन्दै आफ्नो मोटरसाइकलमा चढाएका थिए।

बनोपबाट काठमाडौं आउने क्रममा घलेले आफू राज्यमन्त्री मानन्धरको सल्लाहकार भएको, अमेरिकाको ग्रिन कार्ड भएको र पत्नीसँगै परिवारका अन्य सदस्यसमेत अमेरिकामै बताएर आकर्षित परेका थिए। किशोरीलाई समेत अमेरिका पठाइदिने आश्वासन दिएर उनले गत माघ २७ गते टोखास्थित आफ्नो फ्ल्याटमा लगेर तीन दिनसम्म बन्धक बनाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

किशोरीले घटनाबारे परिवारलाई बताएपछि सोही सूचनाका आधारमा घलेलाई पक्राउ गरिएको र युवतीको उद्दार गरिएको प्रहरीले जनाएको छ। घलेविरुद्ध अपहरण तथा शरीर बन्धक र बलात्कार मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:३५ बजे, बुधबार, फागुन १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्