Kathmandu Press

ठुला परियोजना निर्माणमा वैदेशिक ऋण लिन सहज हुने

काठमाडौं, फागुन ८ : ठुला परियोजनाका लागि ऋण लगानी सहज बनाउने गरी नेपाल राष्ट्र बैंकले बुधबार ‘हेजिङ’ नियमावली जारी गरेको छ ।

विद....

ठुला परियोजना निर्माणमा वैदेशिक ऋण लिन सहज हुने

काठमाडौं, फागुन ८ : ठुला परियोजनाका लागि ऋण लगानी सहज बनाउने गरी नेपाल राष्ट्र बैंकले बुधबार ‘हेजिङ’ नियमावली जारी गरेको छ ।

विदेशी ऋण लगानी हुने पैसाको विनिमय दर सुरक्षाका लागि राष्ट्र बैंकले हेजिङ नियमावली २०७५ जारी गरेको हो । ठूला विकास निर्माण र सरकारले तोकेका परियोजनाहरूमा हेजिङ सुविधा पाइने नियमावलीमा व्यावस्था गरिएको छ । हेजिङको अवधि भने बढिमा १० वर्षसम्म हुने छ । 

विनिमय दरमा सम्झौताअनुसार विदेशी ऋण बापतको रकम फिर्ता भुक्तानी पाउने गरी राष्ट्र बैंकले लगानीकर्तालाई हेजिङ सुविधा उपलब्ध गराउने छ ।

नियमावलीमा एक सय मेगावाट वा त्यसभन्दा माथिका जलजिद्युत उत्पादन, २२० केभिए, तीस किलोमिटरमाथिका विद्युत प्रशारण लाइन, १० किलोमिटरभन्दा लामो दु्रतमार्ग र सरकारले तोकेका परियोजनाहरूमा हेजिङ सुविधा उपलब्ध हुने छ ।

हेजिङ सुविधा चाहिनेले विदेशी लगानी स्वीकृत गराएको हुनु पर्छ भने राष्ट्र बैंकले निर्धारण गरेको डलरमा ऋण लिने र तोकिएको समयमा बैंक खातामा जम्मा भए मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

नियमावलीमा बैंक खातामा जम्मा भएको रकमले जुन दरमा भित्रिएको हो त्यही दरमा लक हुने गरी व्यवस्था गरिएको छ । बैंक र लगानीकर्तासँग आपसी सहमतिमा हेजिङ शुल्ध निर्धारण गर्ने छन् ।

 

प्रकाशित मिति: १४:२५ बजे, बुधबार, फागुन ८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्