बेथानचोकमा विज्ञान प्रर्दशनी, आत्मा विकास मावि प्रथम
सो प्रदर्शनमा वडा नं. ५ मा रहेको आत्मा विकास माध्यमिक विद्यालय प्रथम भएको छ भने कपेर महाङ्काल आधारभूत विद्यालय द्वितीय र कृष्णगोपाल माध्यमिक विद्यालय तृतीय भए।काभ्रे, असाेज २० : बेथानचोक गाउँपालिकाको आयोजनामा आधारभूत तथा माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रर्दशनी आयोना भएको छ।
सो प्रदर्शनमा वडा नं. ५ मा रहेको आत्मा विकास माध्यमिक विद्यालय प्रथम भएको छ भने कपेर महाङ्काल आधारभूत विद्यालय द्वितीय र कृष्णगोपाल माध्यमिक विद्यालय तृतीय भए।
पालिकाभित्रका आधारभूत र माध्यमिक विद्यालयहरुको सहभागिता रहेको कार्यक्रमको कृष्णगोपाल माध्यमिक विद्यालयले समन्वय गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले किताब बाहिर पनि सिकाइका सयौं आयाम हुने भएकाले यस प्रकारका प्रतियोगिताले विद्यार्थीको शिक्षण सिकाइको दायरा फराकिलो हुने बताए।
जीवनको हर निमेषलाई विज्ञानले डोहोराउने र सिर्जित अप्ठ्यारो जटिल कामलाई विज्ञानले सहज तुल्याउने भएकोले विद्यार्थीमा विज्ञानको उपयोगिता बुझाउन जरुरी छ,’ उनले भने। विद्यार्थी सफल हुनको लागि वैज्ञानिक रूपमा साक्षर हुनु आवश्यक रहेको उनले बताए।
गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले विज्ञानले विद्यार्थीहरुमा सिक्ने, सोच्ने, निर्णय गर्ने कुरामा सहयोग पुग्ने बताउँदै गाउँपालिकाको वार्षिक शैक्षिक क्यालेण्डर अनुसारका गतिविधि अक्षरस गरिदै लैजाने बताइन्।
उनले बेथानचोक गाउँपालिकाका आधारभूत तथा माध्यमिक विद्यालय स्तरीय विज्ञान र प्रविधि प्रर्दशनीले विद्यालयहरुलाई प्रधिविमैत्री र विज्ञानमैत्री बनाउँदै समग्र शैक्षिक विकासको लागि आयम थप्दै लैजाने बताइन्।
यस्तै, वडा नं. १ अध्यक्ष कुबेर ढकालले बेथानचोक गाउँपालिकाका सबै विद्यालयमा भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर पनि विकास हुनुपर्छ र शैक्षिक गुणस्तरको सबैभन्दा पहिलो पर्याय भनेको विज्ञान र प्रविधिको विकास भएकाले विद्यालय स्तरीय विज्ञान प्रदर्शनी कार्य आयोजना गरिएको बताए।
बेथानचोक गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राईले गाउँपालिका भित्रका विशेषगरी आधारभूत र माध्यमिक तहका विद्यार्थीहरुलाई आफ्नो सामाग्री तयार गरेर प्रर्दशनीमा आउनु आह्वान गरेका गरिएकोमा १० वटा विद्यालय सहभागी भएको बताउँदै गाउँपालिका नै आयोजक रहेको र यसले गाउँपालिका भित्रका विद्यालयबीच सम्वन्ध विस्तार हुने, प्रतिष्पर्धा बढ्ने बताइन्।