सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुको विकल्प छैन : उद्योगमन्त्री रिजाल
ललितपुर उद्योग वाणिज्य संघ ४४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले निजी क्षेत्र रोजगारी सिर्जना र औद्योगिक विकासको माध्यम भएको भन्दै यस क्षेत्रको क्रियाशिलताले मात्रै उदारवादी अर्थतन्त्रको मर्म अनुरूप आर्थिक विकास गर्न सकिने विश्वास व्यक्त गरे।काठमाडौं, असाेज २० : उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले नागरिकको आर्थिक विकासको लागि सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुको विकल्प नभएको बताएका छन्।
ललितपुर उद्योग वाणिज्य संघ ४४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले निजी क्षेत्र रोजगारी सिर्जना र औद्योगिक विकासको माध्यम भएको भन्दै यस क्षेत्रको क्रियाशिलताले मात्रै उदारवादी अर्थतन्त्रको मर्म अनुरूप आर्थिक विकास गर्न सकिने विश्वास व्यक्त गरे।
मन्त्री रिजालले भने, ‘सरकारको एकल पहलबाट मात्रै मुलुकको आर्थिक विकास सम्भव हुँदैन। यसका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनु जरुरी छ। निजी क्षेत्र रोजगारी सिर्जना र औद्योगिक विकासको माध्यम हो। निजी क्षेत्रको सक्रियता भएका मुलुकहरूमा आर्थिक विकास पनि राम्रो भएको देखिन्छ। निजी क्षेत्रको क्रियाशिलताले मात्रै उदारवादी अर्थतन्त्रको मर्मअनुरूप आर्थिक विकास हुन्छ कुरामा वर्तमान सरकार विश्वास्त छ।’
यस्तै, उनले आयातलाई न्यून गर्दै निर्यात बढाउने सरकारको नीतिलाई साकार तुल्याउन निजी क्षेत्रको सहयोग आवश्यक भएको बताए। निजी क्षेत्रको अपेक्षा अनुरूप सरकारले काम गर्न नसकेको अवस्थामा सरकारको आलोचना गर्नुभन्दा सहकार्य र सहतीबाट समाधानका उपायहरू निकाल्नु पर्ने पनि उनको भनाइ छ।
मन्त्री रिजालले भने, ‘कृषिलाई व्यवसायीकरण गर्दै उत्पादन वृद्धि गर्नेतर्फ जोड दिन निजी क्षेत्रलाई आग्रह गर्न चहान्छु। यस क्षेत्रले आफूलाई अर्थतन्त्रको मुख्य माध्यम हो भन्ने अर्थमा अगाडि बढ्नुपर्छ। यसका लागि निजी क्षेत्र अझ जिम्मेवार हुनुपर्छ। निजी क्षेत्रको अपेक्षा अनुरूप सरकारले सबै विषयलाई सम्बोधन गर्न नसकेको पनि हुन सक्छ, यस्तो अवस्थामा सरकारको आलोचना गर्ने होइन सहकार्य र हातेमालो गरेर समाधानका उपायहरू निकाल्नुपर्छ।’