Kathmandu Press

‘आर्थिक विकासका लागि अनुशासित अर्थ व्यवस्था जरुरी’

उनले उर्जा रुपान्तरण, उत्पादन वृद्धि, रोगजारी सिर्जना तथा तेलको प्रयोगमा कमी लगायतका उपायले दक्षिण एसियाको आर्थिक विकासमा भूमिका खेल्न सक्ने बताइन्।
‘आर्थिक विकासका लागि अनुशासित अर्थ व्यवस्था जरुरी’

काठमाडौं, असोज १८ : सार्क क्षेत्रका लागि विश्व बैंकका प्रमुख अर्थशास्त्री डा. फेन्जिस्का लेइसेलोट्टी ओहनसोर्गेले खुकुलो आर्थिक नियमहरुका कारण दक्षिण एसियामा आर्थिक विकास सोचे अनुसार हुन नसकेको बताएकी छिन्।

काठमाडौंमा आयोजित दक्षिण एसिया तथा नेपालको विकास अवस्थाबारेको छलफलमा अर्थशास्त्री ओहनसोर्गेले अर्थतन्त्रको विकासका लागि अनुशासित अर्थ व्यवस्था जरुरी रहेको बताइन्। उनले उर्जा रुपान्तरण, उत्पादन वृद्धि, रोगजारी सिर्जना तथा तेलको प्रयोगमा कमी लगायतका उपायले दक्षिण एसियाको आर्थिक विकासमा भूमिका खेल्न सक्ने बताइन्।
 
कार्यक्रममा साउथ एसियाका वाच अन ट्रेड इकोनोमिक्स एण्ड इन्भाईरोमेन्टका प्रमुख कार्यकारी अधिकृत डा. पारास खरेलले आयातको तुलनामा निर्यात निराशाजनक हुनु नै नेपाली अर्थतन्त्रका लागि दुखद् भएको बताए। उनले नेपालको निर्यात खस्कदो क्रममा रहनु नै मुख्य चुनौती भएको बताए।

Hardik ivf

Photo (11)(2)1696512158.jpg

डा. खरेलले विश्व बैंकको तथ्यांक अनुसार पनि, नेपालको निर्यात व्यापार पुछारतिर रहेको देखिनुले पनि नेपालको आर्थिक विकासको अवस्था झल्किने बताए। उनले निर्यात गर्ने वस्तु र त्यसमा लाग्ने जनशक्तिको आधारमा पनि निर्यातलाई हेर्नु पर्ने बताए।

उनले नेपाल कम विकशित मुलुकबाट २०२६ मा स्तरोन्नति हुदाँ झनै केही सुविधाहरु कटौती हुने भएकाले पनि आवश्यक तयारी गर्नु पर्ने बताए।

कार्यक्रममा सहभागि अन्य विज्ञहरुले पनि नेपालको आर्थिक विकासका निजी क्षेत्र र सरकारबीचको सहकार्य लगानी र निर्यात प्रर्वद्धनमा जोड दिएका थिए।

 

प्रकाशित मिति: १९:०४ बजे, बिहीबार, असोज १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्