Kathmandu Press

पूर्वमन्त्री संजय साहको भ्रष्टाचार मुद्दाको सुनुवाइ भोलि पनि हुने

काठमाडौं, फागुन १३ : पूर्व मन्त्री संजयकुमार साहको भ्रष्टाचार सम्वन्धी मुद्दा बुधबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको छ । अख्तियार दुरुपयोग....

पूर्वमन्त्री संजय साहको भ्रष्टाचार मुद्दाको सुनुवाइ भोलि पनि हुने

काठमाडौं, फागुन १३ : पूर्व मन्त्री संजयकुमार साहको भ्रष्टाचार सम्वन्धी मुद्दा बुधबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक पूर्वाधार मन्त्री भएका बेला पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

उनले पदीय दुरुपयोग गरेर ३१ करोड ५० लाख २६ हजार पाँच सय ५९ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले २५ पुस ०७३ मा मुद्दा दायर गरेको थियो । विशेष अदालतका न्यायाधीशत्रय कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासबाट आज सुनुवाइ हुन नसकेपछि बुधबारका लागि ‘हेर्दाहेर्दै’ राखिएको हो ।

प्रकाशित मिति: १८:०५ बजे, मंगलबार, फागुन १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्