सिक्किम बाढी अपडेट : १४ जनाको मृत्यु ,१ सय २० भन्दा बढि बेपत्ता
हिन्दुस्तान टाइम्सका अनुसार सरकारी अधिकारीहरूले अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने १ सय २० जना बेपत्ता छन् ।काठमाडौं, असोज १८ : सिक्किममा आएको बाढीमा १४ को ज्यान गएको छ भने १ सय २० जना भन्दा बढि बेपत्ता भएका छन् ।
हिन्दुस्तान टाइम्सका अनुसार सरकारी अधिकारीहरूले अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने १ सय २० जना बेपत्ता छन् । जसमध्ये २३ भारतीय सेनाका सैनिक छन् । बुधबार बिहान परेको भारी वर्षापछि भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन भ्यालीमा एक्कासि बाढी आएको थियो ।
लगातारको वर्षाका कारण उद्धार कार्यमा धेरै समस्या भइरहेको छ । बाढी र हिलोका कारण आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रशासनले जनाएको छ ।
प्रकाशित मिति: ०८:५७ बजे, बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा यात्रु बसमा आक्रमण, ४१ जनाको मृत्युशुक्रबार, मंसिर ७, २०८१