Kathmandu Press

सामुदायिक साकोस र ज्योति बहुउद्देश्यीय सहकारीबीच एकीकरण सम्झौैता

सामुदायिक साकोस र ज्योति बहुउद्देश्यीय सहकारीबीच एकीकरण सम्झौैता

काभ्रे, असोज १७ : पनौती नगरपालिका वडा नं. ४ मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र बनेपा ७ मा मुख्य कार्यालय रहेको ज्योति बहुउदेश्यीय सहकारी संस्था लि.बीच एकीकरण गर्ने सम्झौता भएको छ।

सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि।को मुख्य कार्यालयमा भएको एकीकरण सम्झौतामा दुबै संस्थाका एकीकरण कार्यदलले दुवै संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकारहरू समेतको उपस्थितिमा एकीकरण सम्झौतामा हस्ताक्षर गरियो।

२०५१ सालमा स्थापना भई १० वटा सहकारी संस्था एकीकरण भई काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको ५१ हजार शेयर सदस्य र ४ अर्ब ५० करोडको कुल पूँजी रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र २०५५ सालमा स्थापना भई ६ हजार ९ शय शेयर सदस्य र १ अर्ब ४० करोडको कुल पूँजी रहेको ज्योति बहुउदेश्यीय सहकारी संस्थाले एक आपसमा एकीकरण हुने सम्झौता गरेका हुन्।

Hardik ivf

384547008_1337834693533690_988580461135924045_n1696434713.jpg

एकीकरण सम्झौता कार्यक्रममा जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकका अध्यक्ष दिलिप शर्माले प्रदेशकै ठूलो समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था बन्न सफल भएकोमा सामुदायिक बचत तथा ऋण सहकारी र ज्योति बहुउद्देश्यीय सहकारी संस्थालाई हार्दिक बधाई दिए।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायस्थ, संस्थाका प्रमुख सल्लाहकार दीपक थापा, सल्लाहकार शम्भुलाल श्रेष्ठ, ज्योति बहुउदेश्यीय सहकारी संस्था लि। का सल्लाहकार राजकुमार हुमागाई र निवर्तमान अध्यक्ष मुकुन्द प्रसाद दाहालले शुभकामना मन्तव्य राखे।

सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश बन्जाराले मन्तब्यको क्रममा राज्यको कानून, सहकारी ऐन, नियमावली तथा निर्देशनलाई अक्षरश पालना गर्दै शेयर सदस्यहरुलाई एकीकृत संस्थाबाट दिगो र गुणस्तरिय सेवा उपलब्ध गराउने उदेश्यले एकीकरणको सम्झौता गरेको बताए।

384546112_337708928789201_1548514986099118924_n1696434713.jpg

दुबै संस्थाको आगामी साधारण सभाबाट एकीकरणको प्रस्ताव पारित भएपश्चात दुवै संस्थाको एकीकृत कारोबार हुनेछ।

एकीकृत संस्थाको शेयर सदस्य संख्या ५९ हजार र कुल पूँजी ५ अर्ब ९० करोड रुपैयाँ हुनेछ भने शेयर पूँजी रू ४६ करोड पुग्नेछ। लगानीमा रहेको ऋण ४ खर्ब ६० करोड हुनेछ। बचत निक्षेप ४ अर्ब १० करोड हुनेछ। जगेडा कोष ४३ करोड हुनेछ र अन्य कोषहरु २० करोडगरी जम्मा कोष ६३ करोड रुपैयाँको हुनेछ।

प्रकाशित मिति: २१:३५ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्