अर्थतन्त्रमा दबाब छ, पुनसंरचना गर्नु पर्छ : मन्त्री बस्नेत
बिहीबार बसेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा उनले, पछिल्लो दशकमा सरकारले भोगिरहेको आर्थिक दबाबका कारण पनि विकासको शैली परिवर्तन जरुरी रहेको बताए।काठमाडौं, असाेज १७ : उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले, नेपालमा विकासको शैली परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्।
बिहीबार बसेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा उनले, पछिल्लो दशकमा सरकारले भोगिरहेको आर्थिक दबाबका कारण पनि विकासको शैली परिवर्तन जरुरी रहेको बताए।
‘विकासको मोड्यालिटीमा सुधारको जरुरी छ। अझ पछिल्लो दशकमा हामीले व्यहोर्नु परेको केही दबाबहरु छन्। अर्थतन्त्रमा परेको केही दबाबहरु छन्। अर्थतन्त्रको पुनसंरचना कै विषयमा सोच्नु पर्ने अवस्था छ। ’
योजनाहरु अलि महत्वाकांक्षी भएकी भन्ने प्रश्न उठेका कारण पनि कार्यान्वयनमा ढिलाई भईरहेको उनको भनाइ छ।
‘अगामी २ वर्ष भित्र पूर्ण विद्युतिकरण गर्ने योजनाका साथ अगाडी बढेका छौं।दुई वर्ष भित्र कर्णाली प्रदेश र सुदुरपश्चिममा झरो बाल्ने टुकि बाल्ने यो सबै कुराकोअतय हुन्छ।यसमा सकारको ध्यानाकर्षण भएको छ। अरु प्रदेशमा यहि आर्थिक वर्षमा हामी पुरा गर्ने लक्षका साथ अगाडी बढेका छौं।’
उनले बजेटको सिलिङ काम फागेनतिर आउँछ र सिलिनङ वितरण भने नहुने बताए।