फेवातालमा डुंगा पल्टिँदा बेपत्ता युवकको शव फेला
काठमाडौं, फागुन १३ : पोखराको फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका युवकको शव फेला परेको छ । सोमबार बेपत्ता भएका काठमाडौं १० कपनका २५ वर्षीय सुमित लुइँ....

काठमाडौं, फागुन १३ : पोखराको फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका युवकको शव फेला परेको छ । सोमबार बेपत्ता भएका काठमाडौं १० कपनका २५ वर्षीय सुमित लुइँटेलको गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएका उद्धार टोलीले मंगलबार फेला पारेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
सुमितसँगै डुंगामा सवार अन्य दुई (२७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारी)को भने प्रहरीले सोमबार नै सकुशल उद्धार गरेको थियो।
पोखरा घुम्न गएका उनीहरूले लाइफ ज्याकेट नलगाई आफैं डुंगा चलाएर फेवाताल घुम्न गएका थिए।
प्रकाशित मिति: १७:०७ बजे, मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











