Kathmandu Press

दुर्गम र हिमाली जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारलाई निर्देशन

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सुपथ मूल्यका पसलहरु देशका दुर्गम र हिमाली जिल्लाहरु सहित विभिन्न स्थानहरुमा सञ्चालन गर्न निर्देशन दिएको हाे।
दुर्गम र हिमाली जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारलाई निर्देशन

काठमाडौँ, असाेज १७ : संसदीय समितिले बुधबार दुर्गम र हिमाली जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन सरकारलाई निर्देशन दिएको छ। 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सुपथ मूल्यका पसलहरु देशका दुर्गम र हिमाली जिल्लाहरु सहित विभिन्न स्थानहरुमा सञ्चालन गर्न निर्देशन दिएको हाे।

त्यस्ता पसलहरुबाट जनतालाई सहज रुपमा चाडपर्वका समयमा किनमेल गर्न पाउने वातावरण बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ। कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा नुन, चीनी, चामल, दाल लगायतका अत्यावश्यक बस्तुहरुको पर्याप्त व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ।

समितिले नजिकिँदै गरेका चाडपर्वको समयमा अत्यावश्यक पर्ने मसला जन्य बस्तुहरु (जीरा, मरिच धनिया, ल्वाङ, सुकुमेल लगायत) र अन्य खाद्य पदार्थमा भएको अस्वभाविक मूल्यवृद्धि, मिसावट, कृत्रिम अभाव, कालोबजारी, गैरकानूनी भण्डारण, जस्ता अनियमित गतिविधि हुन सक्ने तर्फ ध्यान दिँदै उपभोक्तालाई सुपथ र गुणस्तरीय उपभोग्य सामानहरु सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन समेत भनेको छ। 
 
प्रकाशित मिति: १६:०५ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्